Online Nepal
  • आइतबार, ४ जेष्ठ २०८२
  • ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयले गर्‍यो मुद्दा दायर

    ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयले गर्‍यो मुद्दा दायर

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०८२
  • 324
    SHARES

    एजेन्सी । हार्वर्ड विश्वविद्यालयले आफूले संघीय सरकारबाट पाउनुपर्ने अरबौँ डलरको रकम (कोष) रोक्का गर्ने निर्णयविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

    गत हप्तादेखि तीव्र विवादको विषय बनेको विश्वविद्यालयले संघीय अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।



    ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी भावना नियन्त्रण, विश्वविद्यालय प्रशासनमा सुधार र विविधतालाई अभिवृद्धि नगर्ने जस्ता कार्य गर्न आफूले दिएको निर्देशनलाई हार्वर्ड विश्वविद्यालयले अस्वीकार गरेको भन्दै संघीय सरकारमार्फत दिइने २.२ अर्ब डलरको डलरको रकम (कोष) रोक्का गरेको थियो ।

    विश्वविद्यालयको करमुक्त (कर नलाग्ने) स्ट्याटस माथि पनि चुनौती दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार