Online Nepal
  • बुधबार, १७ बैशाख २०८२
  • तीनकुनेमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ, दुर्गा प्रसाईनिकट रहेको खुलासा

    तीनकुनेमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ, दुर्गा प्रसाईनिकट रहेको खुलासा

    अनलाइन नेपाल
  • आइतबार, ३१ चैत्र २०८१
  • 450
    SHARES

    काठमाडौं । प्रहरीले गत चैत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–१ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाही छन् ।



    गौतमले तीनकुनेको घरमा आगो लगाएको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अर्का शाही भने एटीएफको सदस्य रहेको पाइएको छ ।

    उनी माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको बताइएको छ । प्रहरीले दुवै जनामाथि थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार