काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्दै छन् । उनी जतिसक्दो छिटो ओलीलाई सरकारबाट हटाउन आतुर छन् ।
नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न र माओवादी केन्द्रले त्यसमा निःसर्त सघाउने सन्देश प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पठाएका छन् ।
कांग्रेस सभापति देउवालाई सरकार परिवर्तन र नेतृत्वको विषयमा सन्देश पठाएका प्रचण्डले यस विषयमा देउवासँग छलफल गर्न खोजेका छन् ।
प्रधानमन्त्री ओलीभन्दा अघि कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले सरकारबाट बाहिरिएपछि सरकार बनाउने वा भत्काउने खेलमा आफू नलाग्ने सार्वजनिक रूपमै प्रतिबद्धता व्यक्त गरेका थिए ।
तर, पछिल्लो समय प्रचण्ड ओली सरकार हटाउन र नयाँ गठबन्धन बनाउँदै देउवालाई सरकारको नेतृत्व दिने खेलमा लागेका छन् । राजधानी दैनिकबाट
Leave a Reply