काठमाडौं । भक्तपुरको चुनदेवी आकासे पुलनजिकै बस पल्टिँदा चार जना घाइते भएका छन्।
आज बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ आकासे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिँदा चार जना घाइते भएका हुन् ।
च्यामासिंहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा चार जना सामान्य घाइते भएका छन् ।
घाइते हुनेमा काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक-८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक ९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ रहेका छन् ।
उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ।
प्रहरीले बस र चालक भक्तपुर नगरपालिका ७ इनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ। चालक र बसलाई प्रहरी वृत्त जगातीमा राखेको छ।