Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

डोटीमा चट्याङले एक जनाको मृत्यु, सात घाइते

डोटीमा चट्याङले एक जनाको मृत्यु, सात घाइते

बिहिवार , चैत्र २७, २०८१

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सातजना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हुरी र असिनापानीसँगै परेको चट्याङ लागेर गएराति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सातजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो ।

नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शंकर नागरी घाइते भएका हुन् ।

सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077