Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स, आर्थिक अवस्था छैन कमजोर !

८ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स, आर्थिक अवस्था छैन कमजोर !

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्समा वृद्धि भएको छ । गत साउनेदेखि फागुनसम्ममा रेमिट्यान्स आप्रवाह ९ दशमलव ४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ ।

फागुनमा मात्रै यसमध्ये १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ भित्रिएको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ । यसरी एकै महिनामा डेढ खर्ब रेमिट्यान्स भित्रिएको यो पहिलोपटक हो ।

वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएपछि रेमिट्यान्स रकम बढेको हो । यस वर्ष फागुनसम्म ३ लाख १७ हजार ६८ जना अन्तिम श्रम स्वीकृति र २ लाख १७ हजार ४ सय ३ जना पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३ सय ५२ र १ लाख ८२ हजार ७ सय ८३ रहेको थियो ।

रेमिट्यान्सको आप्रवाह बढेसँगै सरकारको चालू खाता पनि १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेकामा अहिले १ अर्ब ३३ करोडले बचतमा रहेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077