Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले गरे पाणिनी सम्मेलनको उद्‌घाटन

प्रधानमन्त्री ओलीले गरे पाणिनी सम्मेलनको उद्‌घाटन

बुधवार , चैत्र २६, २०८१

बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनी सम्मेलनको उद्‌घाटन गरेका छन्।

अर्घाखाँचीको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको पाणिनी सम्मेलन प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका हुन्।

पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन विकास परिषद लुम्बिनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलन उद्घाटन अघि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए।

सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न छलफल, प्रस्तुति तथा कार्यपत्रहरू प्रस्तुत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077