Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

जयगढका अग्नि पीडितलाई ५० लाख सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय

जयगढका अग्नि पीडितलाई ५० लाख सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय

बुधवार , चैत्र २६, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अछामको जयगढ बजारमा भएको आगलागीबाट पीडित परिवारहरूलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितहरुलाई ५० लाख सहयोग गर्ने निर्णय गरेको हो ।

मंगलबार राति अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा ठूलो आगलागी भएको थियो।

प्रारम्भिक क्षतिको विवरणका आधारमा ५० लाख सहयोग गर्ने निर्णय गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट बान्निगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराइने मुख्यमन्त्री शाहले बताए।

मंगलबार राति ७ बजे ग्यास सिलिन्डरबाट सल्केको आगोले भीषण रूप लिएर २७ घर जलेर पूर्णरूपमा नष्ट भएको अछाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077