Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

मैले रेलमार्गको कुरा गर्दा हासोमा उडाइदिए : प्रधानमन्त्री ओली

मैले रेलमार्गको कुरा गर्दा हासोमा उडाइदिए : प्रधानमन्त्री ओली

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर हासोमा उडाईदिएको स्मरण गरेका छन् ।

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर विरोध गरेको स्मरण गरे ।

प्रधानमन्त्री ओलीले भने,‘मैले जनकपुरमा रेल मार्गको योजना ल्याउदा मजाक गरियो, अहिले जनकपुरमा रेल यात्रा सहज भएको छ । काम गर्न चाहँदाखेरि गर्न नसकिने केही कुरा छैन् ।’

रेलमार्गको कुरालाई मजाकमा उडाउने मित्रहरुलाई आफैले नै पैसा तिरेर यात्रा गराउने ईच्छा भएको बताए ।

आफूले रेलमार्गका कुरा गर्दा नपत्याएर विरोध गरेको स्मरण गर्दै उनले अहिले जनकपुरमा रेल यात्रा सहज भएकाले गर्न चाहँदाखेरि गर्न नसकिने केही कुरा नभएको स्पष्ट गरे।

प्रधानमन्त्री ओलीले मधेश प्रदेश सम्भावनै सम्भावनाहरूको उर्बर भूमि कृषिका लागि उपयुक्त हुने र चुरेक्षेत्र जडिबुटी, जङ्गलदेखि पानीको अपार स्रोत रहेको जनाए।

उनले सुनकोसी डाइभर्सन आयोजनाजस्ता कार्यक्रमले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यस पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077