Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कम्युनिस्ट एकता बचाउन नसक्नु दुर्भाग्य: प्रचण्ड

कम्युनिस्ट एकता बचाउन नसक्नु दुर्भाग्य: प्रचण्ड

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्ट एकता बचाउन नसक्नु दुर्भाग्य भएको बताएका छन् ।

मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै प्रचण्डले झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि कम्युनिष्ट एकतालाई बचाउन नसक्दा दुःख लागेको बताए ।

उनले  कम्युनिस्ट नेताहरुले त्यसबाट पाठ सिक्नु पर्ने बताए ।

वामपन्थी एकताका लागि एक भएर अघि बढ्नुपर्ने भन्दै उनले भने–‘कम्युनिष्ट एकताको लागि निरन्तर लाग्नु पर्छ। हामी विभाजित पनि भयौं । कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं । तर, हामीले एकताको प्रयास चाहिँ छाडेका छैनौं ।’

फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्ने उनले बताए ।

एक पटक कम्युनिष्ट एकता फुट भएपनि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भन्ने सोच राख्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077