Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बार मतगणना : कांग्रेस–एमाले गठबन्धन अगाडि 

बार मतगणना : कांग्रेस–एमाले गठबन्धन अगाडि 

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । नेपाल बार एशोसियनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ ।

साढे ११ बजेसम्मको प्रारम्भिक विवरणमा कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानलले अग्रता कायम गरेको छ ।

कांग्रेस–एमाले गठबन्धनका अध्यक्ष उम्मेदवार डा. विजय मिश्र र महासचिवमा उनकै प्यानलका केदार प्रसाद कोइराला अगाडि छन् ।

मिश्रले ८६९ मत पाएका छन् । पर्साबाट ६६, हेटौंडाबाट ४१ र बागलुङबाट ५५ मत मिश्रको पक्षमा परेको छ ।

उनलाई पछ्याइरहेका माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले ५२९ मत पाएका छन् । उनले पर्साबाट ४४, हेटौंडाबाट २६ र बागलुङबाट २५ मत पाएका छन् ।

श्रेष्ठको गृहजिल्ला बागलुङबाटै उनको पक्षमा कम मत देखिएको छ । अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् ।

महासचिव पदमा मिश्र प्यानलका केदार प्रसाद कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077