काठमाडौं । नेपाल बार एशोसियनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ ।
साढे ११ बजेसम्मको प्रारम्भिक विवरणमा कांग्रेस र एमालेनिकट कानुन व्यवसायीको प्यानलले अग्रता कायम गरेको छ ।
कांग्रेस–एमाले गठबन्धनका अध्यक्ष उम्मेदवार डा. विजय मिश्र र महासचिवमा उनकै प्यानलका केदार प्रसाद कोइराला अगाडि छन् ।
मिश्रले ८६९ मत पाएका छन् । पर्साबाट ६६, हेटौंडाबाट ४१ र बागलुङबाट ५५ मत मिश्रको पक्षमा परेको छ ।
उनलाई पछ्याइरहेका माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले ५२९ मत पाएका छन् । उनले पर्साबाट ४४, हेटौंडाबाट २६ र बागलुङबाट २५ मत पाएका छन् ।
श्रेष्ठको गृहजिल्ला बागलुङबाटै उनको पक्षमा कम मत देखिएको छ । अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् ।
महासचिव पदमा मिश्र प्यानलका केदार प्रसाद कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन् ।
Leave a Reply