Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय निगरानीमा सांसद नै अनिच्छुक

संसदीय निगरानीमा सांसद नै अनिच्छुक

मंगलवार , चैत्र २५, २०८१

काठमाडौँ । सार्वजनिक सरोकारका विषयमा सरकार र मातहतका निकायलाई जवाफदेही बनाउन सांसद नै अनिच्छुक देखिएका छन् ।

सांसदहरूले विभिन्न प्रस्ताव र प्रश्नका माध्यमबाट सरकार र विभागीय मन्त्रीलाई निगरानी गर्न सक्ने व्यवस्थाको प्रयोग निकै कम मात्र गरेका छन् ।

संसद्को पछिल्लो कालमा दर्ता हुने प्रश्न र प्रस्तावहरू नगण्य छन् । दर्ता भएका प्रश्न र प्रस्तावले पनि छलफलमा प्राथमिकता पाइरहेका छैनन् ।

सांसदले संसद्लाई दिने बिजनेसका रूपमा चिनिने प्रश्न र प्रस्ताव संसदीय निगरानीका औजार हुन् तर यस्ता प्रस्ताव पछिल्लो समय सत्तापक्षीय दलबाट निकै कम दर्ता हुन लागेका छन् ।

प्रतिपक्षी दलका तर्फबाट दर्ता हुने प्रस्तावसमेत निकै कम छन् । हालै सकिएको प्रतिनिधि सभाको पाँचौँ अधिवेशनमा मन्त्रीलाई लिखित वा मौखिक प्रश्न दर्ता गर्ने सांसद दुई जना मात्र भए । अघिल्ला अधिवेशनमा पनि प्रश्न दर्ता गर्ने सांसदको सङ्ख्या न्यून छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077