Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • युरोपमा बढ्दै रोजगारीको आकर्षण

    युरोपमा बढ्दै रोजगारीको आकर्षण

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 222
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो ।

    वैदेशिक रोजगार विभागका अनुसार नेपाली रोमानिया, क्रोएसिया, माल्टा, साइप्रसलगायतका देशमा बढी जाने गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा युरोपका चार वटा देशमा ३४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।



    विभागका अनुसार गत आव २०८०/८१ को आठ महिनाको तुलनामा चालु आवको सो अवधिसम्म युरोपका रोमानिया, क्रोएसिया, माल्टा र साइप्रस जानेको सङ्ख्या ३२ प्रतिशतले बढेको हो ।

    चालु आवको यस अवधिसम्म ती देशका लागि ३४ हजार ३६६ जनाले श्रम स्वीकृति लिएकोमा गत आवको सोही अवधिसम्म २३ हजार ५१० जनाले श्रम स्वीकृति लिएका थिए ।

    जुन सङ्ख्या गत आवको सो अवधिको तुलनामा चालु आवको सो अवधिमा १० हजार ८५६ जनाले बढी हो । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार