Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

धरानमा एक युवतीको शव फेला, हत्या गरेको आशंका

धरानमा एक युवतीको शव फेला, हत्या गरेको आशंका

मंगलवार , चैत्र २५, २०८१

धरान । धरानको चार कोशे जङ्गलमा एक युवतीको शव भेटिएको छ।

पहिचान नखुलेकी युवतीको बेवारिसले शव भेटिएको हो । शव पहिचान गर्न सहयोग गरिदिन भन्दै ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक अपिल गरेको छ ।

सुनसरी धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक वनमा तत्काल नामथर, वतन नखुलेको वेवारिसे महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

शव पहिचानका लागि सहयोग गर्न कोशी प्रदेशका सबै नागरिक र प्रहरी कार्यालयहरूलाई अनुरोधसहितको अपिल गरिएको छ।

शव फेला परेकी युवती अन्दाजी ३० वर्षकी मंगोलियन अनुहारकी छन्। उनको नाकमा नत्था, कानमा टप लगाएकी, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी, हातमा घडी र सेतो ब्रासलेट लगाएकी छन्।

सेतो खैरो कलरको जुत्ता लगाएकी छन् । ती युवतीको कसैले जङ्गलमा ल्याएर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । युवतीको शव शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077