Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मंगलवार , चैत्र २५, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका धेरै स्थानहरूमा लामो समयदेखि वर्षा नभएको कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077