Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

राप्रपाले गर्ने सबै कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक हुन्छन् : अध्यक्ष लिङ्देन

राप्रपाले गर्ने सबै कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक हुन्छन् : अध्यक्ष लिङ्देन

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हिंसा र अराजकतामा पार्टीले विश्वास नगर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पार्टीले गर्ने सबै कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक हुने बताए ।

उनले भने–‘राप्रपा कुनै पनि हिंसा र अराजकतामा आफ्नो भविष्य देख्दैन र हिंसामा विश्वास गर्दैन। हामीले गर्ने सबै कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक हुनेछ। भोलि राप्रपाले बल्खु क्षेत्रमा गर्ने कार्यक्रम शान्तिपूर्ण र अहिंसात्मक हुनेछ।’

राप्रपाले विरोध प्रदर्शनलाई सत्याग्रहका रूपमा अघि बढाउने पनि अध्यक्ष लिङ्देनले बताए। अध्यक्ष लिङ्देनले आफ्नो जीवनकालमै परिवर्तन देख्न चाहनेहरूलाई पार्टीको झन्डा वा राष्ट्रिय झन्डा लिएर कार्यक्रममा आउन आह्वान गरेका छन्।

राप्रपाले अध्यक्ष लिङ्देनकै नेतृत्वमा राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको थियो।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बल्खुमा मंगलबार हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन पार्टीले कुनै कसर बाँकी नराख्ने बताए। व्यापक रूपमा स्वयमसेवक परिचालन र प्रभावकारी अनुगमन गरिने पनि श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077