Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

दिउसै अँध्यरोजस्तो भयो आज काठमाडौंको आकाश

दिउसै अँध्यरोजस्तो भयो आज काठमाडौंको आकाश

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । आज दिनभर काठमाडौं उपत्यकाको आकाश दिउँसै अँध्यरोजस्तो देखिएको छ ।

केही दिनयता विश्वकै प्रदूषित शहरको सूचीमा रहेको उपत्यका आसपास क्षेत्र आज दिनभर अँध्यरोजस्तो देखिएको हो ।

हाई क्लाउड र स्थानीय वायुका कारण आज काठमाडौं उपत्यका दिनभर नै धुम्मिएर अँध्यरोजस्तो भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको आकाशमा पोलुसनसहितको हाई क्लाउड छ । जसका कारण आकाश धुम्मिएको हो ।

महाशाखाले छिमेकी मुलुक भारतमा देखिएको न्यून चापीय प्रणालीको असर नेपालमा पनि पर्ने सम्भावना रहेकोले भोलीबाट लगातार तीन दिन पानी पर्ने सम्भावना रहेको छ ।

यस्तो छ आगामी २४ घण्टाका लागि विभागको चेतावनी तथा परामर्श :
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम रहेको, जसका कारण सुख्खापन, आगलागी तथा वायू प्रदुषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077