Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध, कुन कुन देश परे ?

साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध, कुन कुन देश परे ?

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । साउदी अरेबियाले भारत, बङ्गलादेश, पाकिस्तानसहित १४ देशका नागरिकमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।

हज यात्रा अघि र हज यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाइएको हो ।

साउदी अरेबियाका अनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू रहनेछ, जुन हज यात्राको सिजनको अन्त्यसँगै हुनेछ ।

भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन समावेश छन् ।

साउदी अधिकारीहरूले उमरा भिसा प्रदान गर्ने अन्तिम मिति अप्रिल १३, २०२५ तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077