काठमाडौं । को अगुवाइमा मुलुकभरका शिक्षकहरू गत २० चैतदेखि सडक आन्दोलनमा होमिएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने एक सूत्रीय माग लिएर यसपटक शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन् ।
सडकमा गीत बजाएर, थपडी बजाएर र नाचगान गरेर शिक्षकहरूले आफ्नो माग सरकारलाई सुनाइरहेका छन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन थालिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
यद्यपि, शिक्षकहरूले भने ‘आफूअनुकूल’ विधेयक पारित गर्न सरकारलाई दबाब दिँदै आएका छन् । संविधानले व्यवस्था गरेअनुसार हाल शिक्षकहरू स्थानीय तहको मातहतमा रहँदै आएका छन् ।
उनीहरूको प्रमुख माग भनेको नयाँ ऐन ल्याएर भए पनि शिक्षकहरूलाई संघीयअन्तर्गत राख्नुपर्ने भन्ने छ । संविधानको अनुसूची ८ मा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकारमा राखिएको छ । यसैमा शिक्षकको असन्तुष्टि हो ।
अनुसूची ८ लाई अनुसूची ९ मा लगेर तीनवटा सरकारको साझा सूचीमा राख्नुपर्ने माग शिक्षकको छ । राजधानी दैनिकबाट
Leave a Reply