Online Nepal
  • मंगलबार, ९ बैशाख २०८२
  • यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 228
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसको प्रभावले गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।



    सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    तर देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा बायु प्रदूषण बढ्दै जाने सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार