काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
उनले सिंहदरबारको नाम मान्छे दरबार राखेको भए त्यहाँभित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थिए भन्दै नाम परिवर्तन गर्नुपर्ने बताए ।
उनले सिंहदरबारको नाम नै गलत हुन पुगेको जिकिर गरे । लोकतन्त्रमा दरबार भन्ने शब्द आफैँमा नसुहाउने भएकाले सेवा केन्द्र नाम राख्दा राम्रो हुने उनको सुझाव छ ।
'सिंह दरबार नभएर मान्छे दरबार नाम राखिदिएको भए त्यहाँ भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थें ! नामै गलत छ दरबार को ! लोकतन्त्रमा दरबार भन्ने शब्द आफैँमा नसुहाउने लाग्छ ! सेवा केन्द्र नाम राख्दा राम्रो !,' उनले उल्लेख गरेका छन् ।