Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौंको वायु आज पनि अति अस्वस्थकर, विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौंको वायु आज पनि अति अस्वस्थकर, विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको दोस्रो नम्बरमा छ ।

प्रदूषणमा पहिलो स्थानमा भारतको नयाँ दिल्ली हरेको छ । यस्तै, तेस्रो स्थानमा पाकिस्तानको लाहोर शहर छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।

लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077