Online Nepal
  • सोमबार, १ बैशाख २०८२
  • वरिष्ठ पत्रकार भैरव रिसालको निधन

    वरिष्ठ पत्रकार भैरव रिसालको निधन

    अनलाइन नेपाल
  • आइतबार, २४ चैत्र २०८१
  • 243
    SHARES

    काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ ।

    पारिवारिक स्रोतका अनुसार वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे उपचारका क्रममा निधन भएको हो ।



    पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको बताइएको छ ।

    वरिष्ठ पत्रकार रिसाल १९८५ सालमा जन्मिएका थिए । उनले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार