Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

काठमाडौंका यी स्थानमा आज जानेछ १० घण्टा बिजुली

काठमाडौंका यी स्थानमा आज जानेछ १० घण्टा बिजुली

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार भक्तपुर–चपली १३२ के.भी. प्रसारण बन्द गरी काम गर्नुपर्ने भएकाले केही स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

काठमाडौं ग्रिड महाशाखा अन्तर्गतका सबस्टेसनहरूबाट विद्युत् आपूर्ति हुने बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र, जोरपाटी वितरण केन्द्र, बालाजु वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रबाट वितरण हुने क्षेत्रमा आज दश घण्टा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

बिहान ५ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077