काठमाडौं । सरकारले आउँदो आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका अनुसार रामनवमी पर्वका अवसरमा बिदा दिइएको हो ।
देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जानकारी गराएको छ ।
“नेपाल सरकारले संवत् २०८१ साल चैत्र २४ गतेका दिन रामनवमी पर्वको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ,” सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।