काठमार्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैड्ककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि ओली र मोदीबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि सहभागी थिए ।
यसअघि प्रधानमन्त्री ओली र मोदीबीच संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो ।