Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

६ जिल्लाका सीडीओ फेरिए

६ जिल्लाका सीडीओ फेरिए

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौंं । गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गरेको छ। कञ्चनपुर, स्याङजा, प्यूठान, लमजुङ, अर्घाखाँची र दार्चुलाका सिडिओको सरुवा भएको हो।

कञ्चनपुरमा लक्ष्मण ढकाल, अर्घाखाँचीमा वेद प्रसाद खरेल, स्याङजामा ईश्वरी प्रसाद अर्याल, लमजुङमा माधव प्रसाद पोखरेल, प्यूठानमा दीपक नेपाल तथा दार्चुलामा अनिल पौडेललाई सिडिओमा खटाइएको छ।

कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्ध गुरुङ, प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीको गृह मन्त्रालयमा सरुवा भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077