Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

बालेनको सहमतिविना काठमाडौंका प्रशासकीय अधिकृतले लगाए तोक

बालेनको सहमतिविना काठमाडौंका प्रशासकीय अधिकृतले लगाए तोक

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् ।

मेयर बालेन्द्र शाह ‘बालेन’ कार्यालयमा नभएको मौकामा उपमेयरसहित केही वडाध्यक्ष र कर्मचारीहरुको आडबलमा विहिबार कार्यालय प्रवेश गरेका उनले आज कार्यालय समय सुरु हुनासाथ कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् ।

मेयर शाह आज पनि कार्यालयमा उपस्थित भएका छैनन् । हिजो काभ्रेको पाँचखाल  पुगेका शाह आज दोलखा पुगेका छन् । उनले आज दोलखा भिमेश्वरको दर्शन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

महानगरपालिकाका एक कर्मचारीका अनुसार, आगामी सोमबारसम्म कर्मचारीहरुले तलब पाउनेगरी गुरागाईंले शुक्रबार तोक लगाएका हुन् ।

यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो कार्यालय हाजिर भएका थिए ।

उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।

तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077