Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग भेट्दै कार्यवाहक प्रधानमन्त्री

आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग भेट्दै कार्यवाहक प्रधानमन्त्री

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।

आज दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ। बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो ।

शुक्रबार हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ । तर महासंघका पदाधिकारीहरुले भने सरकारले बोलाएको बैठकमा सहभागी नहुने संकेत दिएका छन् ।

उनीहरुले ऐन जारी नगरेसम्म वार्तामै नबस्ने अडान लिइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो पनि वार्तामा आउन आह्वान गरेको थियो । तर, आन्दोलनर शिक्षहरुले त्यसलाई अस्वीकार गर्दै ऐन जारी गर्न आग्रह गरेका थिए ।

आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले सहमतिका लागि मात्र वार्ता आवश्यक नभएको प्रतिकृया दिएकी छन् । उनले भनिन्–‘सहमति पहिल्यै भइ सकेको हो । ऐन जारी गरियोस् हामी घर फर्किन्छौ ।’

यद्यपि, कार्यवाहक प्रधानमन्त्री सहितको वार्तामा सहभागी हुने नहुनेबारे निर्णय गर्न महासंघका नेताहरू छलफलमा छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरू काठमाडौ आएका छन् । उनीहरुले बुधबारदेखि काठमाडौमा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077