Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु, पाँच गम्भीर

जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु, पाँच गम्भीर

शुक्रवार , चैत्र २१, २०८१

पाँचथर । पाँचथरको कुम्मायकमा डढेलोमा पर्दा गम्भीर घाइते भएकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको निधन भएको छ ।

उनलाई उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटा स्थित भेडेटार नजिक पुगेपछि ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कुम्मायक गाउँपालिका ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी बनमा लागेको डढेलोमा पर्दा घाइते भएका स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फ र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाई उपचारार्थ धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

उनीहरूको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ । आगो निभाउने क्रममा कुम्मायक १ का धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ ।

यस्तै फिदिम नगरपालिका १३ जौवारिको जङ्गलमा बिहीबार मध्यान्ह लागेको डढेलोमा पर्दा ४७ वर्षकी स्थानीय उषाकला नेम्वाङ राई गम्भीर भएका छन् ।

उनी जङ्गलमा दाउरा खोज्न गएका बखत सल्केको डढेलोमा पर्दा जलेकी थिइन् । उनको पनि अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077