काठमाडौँ । सरकारले डिजिटल शासन, सुशासन, प्रविधिमैत्री सेवा प्रवाह तथा प्रशासनिक सुधारका लागि सेवानिवृत्त निजामती कर्मचारीका ज्ञान, सिप र अनुभवलाई राष्ट्रसेवामा प्रभावकारी रूपमा उपयोग गर्ने भएको छ ।
सेवानिवृत्त कर्मचारी सेवा अवधिमा विभिन्न क्षेत्रमा कार्यरत रहँदा थुप्रै ज्ञान, सिप र कार्य अनुभव र दक्षता हासिल गरे पनि उहाँहरूसँग भएका ज्ञान, सिप र अनुभव राष्ट्रसेवामा खासै कार्यान्वयन नआइरहेका बेला सरकारले सेवानिवृत्त राष्ट्रसेवकका अनुभवलाई उपभोग गर्दै व्यवहारमा कार्यान्वयन गर्ने गृहकार्य थालेको हो ।
मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा गत फागुन ५ गते बसेको सचिवस्तरीय बैठकले सङ्घीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय सेवानिवृत्त राष्ट्रसेवकका अनुभवलाई कार्यान्वयन गर्नका लागि प्रतिवेदन बुझाउन समिति बनाउने निर्णय गरेको थियो ।
उक्त समितिमा गृहसचिव तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिव सदस्य रहेका छन् । गोरखापत्रबाट
Leave a Reply