काठमाडौं । प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गर्दैगर्दा सरकारले ल्याएको प्रतिस्थापन विधेयक अगाडि बढ्न सकेको छैन । प्रतिनिधिसभाबाट पारित भएर सो प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि संसद्देखि सडकसम्म आन्दोलन चर्किंदै गएको छ ।
बिहीबार बसेको संघीय संसद्को दुवै सदनको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
प्रतिपक्षी दलहरूले बुधबारदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै बैठक अवरुद्ध भएको हो ।
प्रधानमन्त्रीले घिसिङलाई हटाउने विषयमा चित्तबुझ्दो जवाफ दिनुपर्ने अडानमा प्रतिपक्षी दलहरू रहेका छन् । राजधानी दैनिकबाट
Leave a Reply