Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् अवरोधको मारमा प्रतिस्थापन विधेयक, १९ गतेभित्र पारित नभए स्वतः निष्क्रिय

संसद् अवरोधको मारमा प्रतिस्थापन विधेयक, १९ गतेभित्र पारित नभए स्वतः निष्क्रिय

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गर्दैगर्दा सरकारले ल्याएको प्रतिस्थापन विधेयक अगाडि बढ्न सकेको छैन । प्रतिनिधिसभाबाट पारित भएर सो प्रतिस्थापन विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेको छ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि संसद्देखि सडकसम्म आन्दोलन चर्किंदै गएको छ ।

बिहीबार बसेको संघीय संसद्को दुवै सदनको बैठक प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।

प्रतिपक्षी दलहरूले बुधबारदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै बैठक अवरुद्ध भएको हो ।

प्रधानमन्त्रीले घिसिङलाई हटाउने विषयमा चित्तबुझ्दो जवाफ दिनुपर्ने अडानमा प्रतिपक्षी दलहरू रहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077