Online Nepal
  • मंगलबार, २ बैशाख २०८२
  • गभर्नर नियुक्ति विवादका कारण सत्ता गठबन्धन धरापमा

    गभर्नर नियुक्ति विवादका कारण सत्ता गठबन्धन धरापमा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ चैत्र २०८१
  • 678
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्तिका विषयमा सत्तारूढ दलबीच विवाद हुँदा गठबन्धन नै धरापमा पर्ने देखिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा हुने बिम्स्टेक सम्मेलनअगावै गभर्नर नियुक्ति गर्नका लागि बिहीबार सत्तारूढ दलका नेताहरूको अनौपचारिक बैठकमा गभर्नर नियुक्तिका विषयमा विवाद उत्पन्न भएको थियो ।



    प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत सम्मिलित बैठकमा एमालेले गभर्नर छोड्न नचाहेपछि कांग्रेसको टोली असन्तुष्ट भएको हो ।

    बैठकमा सहभागी एक नेताले भने, ‘एमालेले अर्थ मन्त्रालय आफूहरूको भएका कारण गभर्नर आफूहरूलाई नै चाहिने अडान राखेको छ ।’ कांग्रेसको टोलीले पनि नेपाल ग्रे लिस्टमा परेकाले र अर्थतन्त्र सुस्त भएकाले अहिले देशको अर्थतन्त्र सम्हाल्नसक्ने गभर्नर चाहिने र त्यसका लागि कांग्रेसको प्राथमिकतामा परेको व्यक्ति निर्विकल्प भएको जिकिर गरेको थियो ।

    नेपाल दोस्रोपटक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीसम्बन्धी ग्रे लिस्टमा परेपछि कांग्रेसले यसलाई निकाल्न पार्टीगत भन्दा पनि मुलुकको अर्थतन्त्र जोगाउने व्यक्ति गभर्नर बन्नुपर्ने अडान राखेको बताइएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार