Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कुलमान लक्षित उर्जामन्त्रीको टिप्पणी–कानूनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व

कुलमान लक्षित उर्जामन्त्रीको टिप्पणी–कानूनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही दिन अघि निलम्बनमा परेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतर्फ संकेत गर्दै कानूनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउने सरकारको दायित्व भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबीच होडबाजी चलेको बताए ।

उनले भने–‘साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईंहरूको पनि ध्यान जाओस् ।

मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत उनले ध्यानाकर्षण गराएका छन् ।

मन्त्री खड्काले भने–‘कानूनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ । प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पुर्‍याउँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077