Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • कुलमान लक्षित उर्जामन्त्रीको टिप्पणी–कानूनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व

    कुलमान लक्षित उर्जामन्त्रीको टिप्पणी–कानूनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व

    अनलाइन नेपाल
  • बिहिबार, १४ चैत्र २०८१
  • 267
    SHARES

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही दिन अघि निलम्बनमा परेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतर्फ संकेत गर्दै कानूनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउने सरकारको दायित्व भएको टिप्पणी गरेका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबीच होडबाजी चलेको बताए ।



    उनले भने–‘साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईंहरूको पनि ध्यान जाओस् ।

    मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत उनले ध्यानाकर्षण गराएका छन् ।

    मन्त्री खड्काले भने–‘कानूनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ । प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पुर्‍याउँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार