Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

आज पनि राष्ट्रिय सभामा विपक्षीको अवरोध, एक घण्टाका लागि स्थगित

आज पनि राष्ट्रिय सभामा विपक्षीको अवरोध, एक घण्टाका लागि स्थगित

बिहिवार , चैत्र १३, २०८१

काठमाडौं । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्दै अवरोध नगर्न सत्तापक्षको तर्फबाट आग्रह गरे ।

प्रतिस्थापन विधेयकको प्रक्रिया नै रोकेर अघि बढ्दा आफ्नो दायित्वबाट चुकिने तर्क गर्दै अवरोध नगर्न आग्रह गरे । प्रतिपक्षीको अवरोध कायम भएपछि अध्यक्ष दाहालले आजै एक घण्टापछि बस्नेगरी बैठक स्थगित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077