ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ ।
गएराति रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार प्रहरीको टोलीले राति मुचुल्का गरी बिहीबार बिहान करिब ४ बजेतिर शव पोष्टमर्टमका लागि पाटन अस्पताल पठाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्यामा अहिलेसम्म दिपकको मात्रै संलग्नता देखिएको छ । बहिनीलाई खातीले जिस्क्याएपछि हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।