Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

विपक्षी दलको विरोधपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित

विपक्षी दलको विरोधपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित

बुधवार , चैत्र १२, २०८१

काठमाडौं । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

बैठकमा सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा विपक्षी दलहरूका तर्फबाट माओवादीका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए।

तर प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077