Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु, ९ को अवस्था खतरामुक्त

    च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु, ९ को अवस्था खतरामुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ५ चैत्र २०८१
  • 99
    SHARES

    फाइल तस्विर

    तनहुँ । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

    म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको हो ।



    गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    यस्तै बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ। बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार