Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु, ९ को अवस्था खतरामुक्त

च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु, ९ को अवस्था खतरामुक्त

मंगलवार , चैत्र ४, २०८१

तनहुँ । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको हो ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ। बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077