Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • चट्याङ लागेर युवकको मृत्यु भनिएको घटना शंकास्पद !

    चट्याङ लागेर युवकको मृत्यु भनिएको घटना शंकास्पद !

    अनलाइन नेपाल
  • सोमबार, ४ चैत्र २०८१
  • 201
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर युवकको मृत्यु भएको भनिएको घटना शंकास्पद भएको खुलेको छ । कृष्णपुर नगरपालिका–७ कलुवापुरका ३२ वर्षीय पदम रानाको प्रहरीले आइतबार चट्याङ लागेर मृत्यु भएको भनेको थियो ।

    तर उनलाई चट्याङ लागेको नभएर जंगली जनावर मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको आशंका गरिएको छ । रानाको परिवारसहितले घटना लुकाउने उद्देश्यले प्रहरीलाई झुठो सूचना दिएको दाबी गरिएको छ ।



    रानाको विद्युतीय धरापमा परेर मृत्यु भएको हुनसक्ने तर घटना लुकाउन चट्याङ लागेको देखाउन खोजिएको आशंका गरिएको छ ।

    यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने बताएको छ ।

    प्रहरीकाअनुसार मृतक रानाको शव परीक्षणपछि आइतबार नै परिवारले बुझेका छन् । तर शव परीक्षण रिर्पोट प्राप्त हुन बाँकी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार