काठमाडौं । काठमाडौंको शान्तिनगरमा एक पुरुषको शव भेटिएको छ ।
प्रहरी वृत्त बानेश्वरका अनुसार शान्तिनगरस्थित कोरियन्टर गार्डेन नजिकै आइतबार साँझ साढे ६ बजे एक पुरुषको शव भेटिएको हो ।
प्रहरीका अनुसार उक्त शव रामेछाप लिखु-६ नागी घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका सोनाम लामको रहेको छ ।
घटनास्थलको मुचुल्का गरेर शवलाई शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।