Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

    होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 246
    SHARES

    फाइल तस्विर

    जनकपुरधाम । होली खेल्ने विषयमा विवाद हुँदा युवकको हत्या भएको छ।

    जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो।



    महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए।

    गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

    आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार