Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

आइतवार , चैत्र २, २०८१

जनकपुरधाम । होली खेल्ने विषयमा विवाद हुँदा युवकको हत्या भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो।

महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077