Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • शिक्षा मन्त्रालयले भन्यो – शैक्षिक परामर्शको नाममा सेवाग्राहीलाई अनावश्यक प्रलोभन नदेखाउनू

    शिक्षा मन्त्रालयले भन्यो – शैक्षिक परामर्शको नाममा सेवाग्राहीलाई अनावश्यक प्रलोभन नदेखाउनू

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 105
    SHARES

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शको नाममा सेवाग्राहीलाई अनावश्यक प्रलोभन नदेखाउन निर्देशन दिएको छ  ।

    मन्त्रालयले १२ बुँदे निर्देशन जारी गर्दै यसबारे सचेत रहन परामर्शदातृ संस्था, विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको हो । मन्त्रालयले जारी गरेको निर्देशनको १२ बुँदामध्ये आठ वटा शैक्षिक परामर्शदातृ व्यवसायसँग सम्बन्धित छ भने चार वटा बुँदा विद्यार्थी तथा अभिभावकसँग सम्बन्धित छन् ।



    वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदा फ्री भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराइनेलगायतका प्रलोभन नदेखाउन परामर्श व्यवसायीलाई भनेको छ । परामर्शदातृ निकायले सेवाग्राहीलाई प्रलोभन दिने गरेको गुनासो आइरहेको थियो ।

    परामर्शदातृ व्यवसायीलाई दिइएको निर्देशनमा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि मन्त्रालयले भनेको छ ।

    मन्त्रालयले अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न पनि परामर्श सेवाप्रदायकलाई निर्देशन दिएको छ । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार