Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु

स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु

आइतवार , चैत्र २, २०८१

धनगढी । कैलालीमा अनियन्त्रित भएर स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा अत्तरियादेखि महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो शनिबार साँझ अनियन्त्रित भएर घरको भित्तामा ठोक्किएको थियो ।

कैलाली प्रहरीका अनसार दुर्घटनामा चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ सिवित रानाको मृत्यु भएको हो ।

अनियन्त्रित भएको स्कारपियो सडकभन्दा करीब ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

घरको भित्तामा स्कारपियो ठोक्किएपछि गम्भीर घाइते भएका उनको राति साढे ९ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077