Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

जनकपुरधाममा आज होली मनाइँदै

जनकपुरधाममा आज होली मनाइँदै

शनिवार , चैत्र १, २०८१

काठमाडौं । मिथिलाञ्चलको धनुषा र महोत्तरीका विभिन्न स्थानमा शनिबार होली मनाइँदैछ।

तराई-मधेशका अधिकांश क्षेत्रमा शुक्रबार नै होली मनाइए पनि मध्यमा परिक्रमा पथको १३३ किलोमिटर वृत्तभित्रका बस्तीभित्र शनिबार मनाउन लागिएको हो।

सामान्यतय तराई-मधेशमा फागुपूर्णिमाको भोलिपल्ट प्रतिपदाका दिन होली मनाउने परम्परा छ। तर जनकपुरधाममा १६ दिनसम्म चल्ने अन्तरगृह परिक्रमाका कारण शनिबार होली मनाउन लागिएको हो ।

अन्तरगृह परिक्रमा औँसीमा शुरु भई १६औँ दिन अर्थात् प्रतिपदामा सकिने भएकाले त्यसको भोलिपल्ट द्वितीयामा होली मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077