Online Nepal
  • शुक्रबार, १ चैत्र २०८१
  • प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, १ चैत्र २०८१
  • 117
    SHARES

    काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ ।

    भारतको आसामका स्थायी बासिन्दा उनको गएराति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।



    बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध संग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।

    भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार