Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अग्नि सापकोटाविरुद्धको मुद्दा फेरि शून्यबाट सुनुवाइ सुरु

अग्नि सापकोटाविरुद्धको मुद्दा फेरि शून्यबाट सुनुवाइ सुरु

शुक्रवार , फाल्गुण ३०, २०८१

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन ।

काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो मुद्दामा बुधबारबाट पुनः संवैधानिक इजलासमा शून्यबाट सुुनुवाइ सुरु भएको हो ।

यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वको संवैधानिक इजलासले सुनुवाइ सकेर चारपटक निर्णय सुनाउने मिति तोके पनि फैसला हुन नसकेपछि रिटहरूमा पुनः शून्यबाट सुनुवाइ सुरु भएको हो ।

तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठसहित तत्कालीन वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले गत १२ वैशाखमा सापकोटासँग सम्बन्धित तीनवटा रिटको सुनुवाइ गरेको थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077