काठमाडौं । सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको अभियोग लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा १३ वर्ष बित्दा पनि सर्वोच्चले निर्णय दिन सकेको छैन ।
काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग लागेका पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध पूर्णिमाया लामा, सुशील प्याकुरेललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सो मुद्दामा बुधबारबाट पुनः संवैधानिक इजलासमा शून्यबाट सुुनुवाइ सुरु भएको हो ।
यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वको संवैधानिक इजलासले सुनुवाइ सकेर चारपटक निर्णय सुनाउने मिति तोके पनि फैसला हुन नसकेपछि रिटहरूमा पुनः शून्यबाट सुनुवाइ सुरु भएको हो ।
तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठसहित तत्कालीन वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले गत १२ वैशाखमा सापकोटासँग सम्बन्धित तीनवटा रिटको सुनुवाइ गरेको थियो । राजधानी दैनिकबाट
Leave a Reply