Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्रवादी र राजावादी दुवै सडक आन्दोलनमा

गणतन्त्रवादी र राजावादी दुवै सडक आन्दोलनमा

मंगलवार , फाल्गुण २७, २०८१

काठमाडौं । अहिले संवैधानिक राजसंस्था र राजा फर्किने चर्चाले राजनीति तातेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसत्तामा फर्काउन एक पक्ष आन्दोलित हुँदैगर्दा अर्को पक्ष संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा उत्रिँदै छ ।

राजा ल्याउनुपर्ने र राजा ल्याउन नहुने दुवै पक्ष सडकमा उत्रिन थालेपछि राजनीति कता जाने भन्ने चासो र चिन्ता बढेको छ ।

राजनीतिक दलहरू सोमबार आन्दोलनका आगामी रणनीति छलफलमै व्यस्त भए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक छुट्टाछुट्टै बसेको थियो । आ–आफ्नो पार्टी कार्यालयमा बसेको छुट्टाछुट्टै बैठकका तीन निष्कर्ष मिल्दाजुल्दा छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीको बैठकले राजा कुनै हालतमा नफर्किने निष्कर्ष निकालेका छन् । यस्तै, सरकारको नालायकीपनका कारण राजावादीहरू सक्रिय भएको र राजा फर्काउने अभियानमा लागेको निष्कर्ष उनीहरूको छ ।

तेस्रो भने दुवै दलले संविधान र गणतन्त्रको रक्षाका लागि सडक आन्दोलनमा जाने निर्णय गरेका छन् । दुवै दलले सडक आन्दोलनमा सहकार्यसमेत गर्ने जनाएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077