Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हौसिए राजावादी, तर्सिए राजनीतिक दल !

हौसिए राजावादी, तर्सिए राजनीतिक दल !

सोमवार , फाल्गुण २६, २०८१

काठमाडौं । काठमाडौंमा राजसंस्थाको पक्षमा आइतबार शक्ति प्रदर्शन भएको छ । संवैधानिक राजतन्त्र पक्षधर राजावादी शक्ति प्रदर्शनबाट उत्साही देखिएका छन् ।

उनीहरूले राजसंस्था र राजाको पक्षमा नाराबाजी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गरेका छन् । एक महिना लामो पोखरा भ्रमण सकेर शाह आइतबार दिउँसो काठमाडौं फर्किएका हुन् ।

काठमाडौं फर्किंदा पञ्चेबाजासहित राजावादीले शाहको स्वागत गरे । उनीहरूले ‘राजा आऊ, देश बचाऊ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, नारायणहिटी खाली गर, हाम्रो राजा आउँदै छ’ जस्ता नारा लगाएका थिए ।

शाहको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजावादी भनेर चिनिने नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, कमल थापालगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

शाह काठमाडौं फर्किंदा उनको स्वागतमा हजारौं मानिस विमानस्थलमा पुगेका थिए । उनीहरूले राजाको पक्षमा र गणतन्त्रको विरोधमा नाराबाजी गर्दै शाहलाई निर्मल निवाससम्म लगेका थिए ।

यता, पूर्वराजा शाहको काठमाडौंमा भव्य स्वागत हुँदै गर्दा सुदूरपश्चिम प्रदेशमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा शाहको क्रियाकलापले देश अप्ठ्यारोमा पर्न थालेको टिप्पणी गरेका छन् । साथै, उनले शाह मनैदेखि जनतालाई टुक्र्याउने कोसिसमा लागेको बताए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077