काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख तथा एआईजी कुवेर कडायतले सो कुरा बताएका हुन् ।
उनले अहिलेको चापलाई मध्यनजर गर्दै प्रयोगशाला बिस्तार गर्ने प्रक्रिया अघि बढाइएको बताए।
अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशाला बिस्तार गर्ने योजनाअनुसार पोखरामा काम अघि बढाइएको उनले बताए ।
यसका लागि उपकरण खरिद गर्ने प्रक्रिया समेत खघि बढाउन लागिएको कडायतले बताए ।
डीएनए प्रयोगशालाका साथै डिजिटल फरेन्सिक ल्याब (डीएफएल)लाई समेत प्रदेश स्तरमा लैजाने योजनामा विभाग रहेको एआईजी कडायतले बताए।
त्यसैगरी विश्वविद्यालयहरुसँग समन्वय गरेर अपराध नियन्त्रण र अनुसन्धानको सम्बन्धमा अध्ययनरत विद्यार्थी सोधकर्ताहरुबाट रिसर्च गराउने गरी विभागले सम्झौता गरेको छ ।