Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बुढानीलकन्ठमा जुवा अखडा, प्रहरीकै संरक्षण !

बुढानीलकन्ठमा जुवा अखडा, प्रहरीकै संरक्षण !

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । गएको माघ २७ गते जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुढानीलकन्ठस्थित एक घरमा अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि गरेको आरोपमा छापा मारी केही ब्यक्तिहरु पक्राउ गरेको थियो ।

बुढानीकन्ठ प्रहरी प्रभागका इन्चार्ज इन्स्पेक्टर सुरेश खत्रीको संरक्षणमा त्यस क्षेत्रमा जुवा अखडा संचालन हुँदैआएको आरोप लागिरहेको बेला अनलाइन जुवा र क्रिप्टो करेन्सीको कारोबार भएको घरमा प्रभागलाई थाहा नदिई परिसरकै टोली गोप्यरुपमा खटिएर छापा मारेको थियो ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानदेखि ठाउँ परिवर्तन गर्दै काभ्रेको धुलिखेलसम्म वनभोजको बहानामा जुवा खेलाउने खरानी समूहका नामले चिनिने राजकुमार अधिकारीको समूहले केही दिनयता बुढानीलकन्ठ नगरपालिका वडा नम्बर २ कृष्ण मन्दिर पछाडिको घरमा लाखौं लाखको जुवा अखडा संचालन गरिरहेको छ ।

शनिबार राति पनि उक्त स्थानमा खरानीको समूहले जुवा खेलाएको स्रोतले बताएको छ ।

बुढानीलकन्ठ प्रहरीको संरक्षणमा राजकुमार अधिकारीले खेलाएको उक्त जुवा अखडामा डलर भन्ने काभ्रेका मिलन लामा, भक्तपुरका महेश श्रेष्ठ, सोम लामा, बिष्णु ढुंगेल, चुपी र टुपीसमेत थिए ।

यीमध्ये कतिपय त पटक पटक पक्राउ परिसकेका पेशेवर जुवाडेका रुपमा चिनिन्छन् । राजकुमार अधिकारीको उक्त जुवा अखडाका लगानीकर्ता नुवाकोटका सुजन लामा हुन् ।

अधिकारीको समूहले शुक्रबार टोखा, बिहीबार चुनिखेलमा जुवा खेलाएको थियो । राजकुमार अधिकारीको उपत्यकामा स्थान परिवर्तन गर्दै निरन्तर जुवा खेलाउने समूहका रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077